दफा ४१
आयोगको परामर्श लिंदा अपनाउनु पर्ने कार्यविधि
  (१) निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा आयोगको परामर्श लिंदा सेवा समूह सञ्चालन गर्ने मन्त्रालय वा सचिवालय मार्फत लिनु पर्नेछ । निजामती सेवाको शर्त सम्बन्धी कुनै नयाँ कानून बनाउन वा भैरहेको कानूनमा संशोधन गर्नु परेमा सोको कारण र आवश्यक विवरण समेत खुलाई आयोगमा पठाउनु पर्नेछ ।
(२) निजामती सेवा वा पदमा शुरु नियुक्ति वा बढुवा नियुक्ति गर्दा र त्यस्तो सेवाका कर्मचारीलाई विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगको परामर्श लिंदा सो सम्बन्धी निर्णय सहित सेवा, समूह सञ्चालन गर्ने मन्त्रालय वा सचिवालय मार्प त लिनु पर्नेछ ।
(३) निजामती पदमा छ महिनाभन्दा बढी समयको लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा आयोगको परामर्श माग गर्दा सम्बन्धित मन्त्रालय वा सचिवालय वा निकायको निर्णय संलग्न गरी आयोगमा पठाउनु पर्नेछ ।
(४) कुनै एक प्रकारको निजामती सेवाको पदबाट अर्को प्रकारको निजामती सेवाको पदमा वा निजामती सेवा अन्तर्गतको कुनै सेवाको एक समूह वा उपसमूहबाट अर्को समूह वा उपसमूहमा वा निजामती सेवा बाहेकका अरु सरकारी सेवाबाट निजामती सेवामा वा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा सरूवा वा बढुवा गर्न उम्मेदवारको उपयुक्तताको विषयमा आयोगको परामर्श माग गर्दा मन्त्रिपरिषद्को निर्णय सहित सेवा,‍ समूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित उम्मेदवारको नाम, ठेगाना, शैक्षिक योग्यता अनुभव र नियुक्ति सम्बन्धी अन्य विवरण समेत खुलाई आयोगमा पठाउनु पर्नेछ ।
(५) निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा आयोगको परामर्श लिंदा सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी अभियोग र प्रस्तावित सजायको सम्बन्धमा सम्बन्धित कर्मचारीले पेश गरेको स्पष्टीकरण तथा सबुत प्रमाणलाई मूल्याड्ढन गरी कर्मचारीलाई गर्न खोजिएको सजायको किटानी साथ सजाय गर्ने अधिकारीको निर्णय सहित सक्कलै फाईल आयोगमा पठाउनु पर्नेछ ।
(६) निजामती सेवा र आवश्यक अन्य सरकारी सेवाहरू गठन गर्न आयोगको परामर्श माग गर्दा सेवा गठनको उद्देश्य, त्यस्तो सेवा अन्तर्गतको समूह वा उपसमूह तथा श्रेणी विभाजन, नियुक्ति, बढुवा र सेवाका अन्य शर्तहरू तथा निजामती सेवा र सरकारी सेवा अन्तर्गतका विभिन्न सेवास“ग राख्नुपर्ने एकरूपता, समन्वय र सामञ्जस्यका कुराहरू समेत स्पष्ट पारी आयोगमा पठाउनु पर्नेछ ।
(७) दफा १७ को उपदफा (१) वा (२) बमोजिम सामान्य सिद्धान्तको विषयमा आयोगको परामर्श माग गर्दा सोको कारण र आवश्यक विवरण समेत खुलाई सम्बन्धित मन्त्रालय वा सचिवालय मार्प त आयोगमा पठाउनु पर्नेछ ।
(८) परामर्श लिदा अपनाउनु पर्ने कार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।